काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ । पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ गते निधन भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेका थिए ।

अर्काे बैठक पुस १ गते १:०० बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।मंसिर २१ बाट सुरु भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो । मंसिर २१ बाट सुरु भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।