प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसद सर्वोच्च जाने
खबर एक्सप्रेस
२०७७-०९-०६ १२:३२ मा प्रकाशित
Total Shares: 329
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने भएका छन्।
सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर रिट दायर गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।
आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस