काठमाडौं - सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ ।

अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।