दोलखा-दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर सात स्थित हरीकृर्तन आधारभूत विद्यालयय र श्री साखिने आधारभुत विद्यालयमा १० वटा कम्प्युटरसहित  शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

सामाजिक अभियान्ता राजन बस्नेतको बिशेष पहलमा भीमेश्वर नगरपालिका वडा न ७ कुप्री घर भइ हाल काठमाडौंमा बसोवास गर्ने समाजसेवी तथा शिक्षा प्रेमी ,जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर कुलराज थापाले एक कार्यक्रमका बिच स्वयम् उपस्थिति भइ ५ लाख बराबरको १० कम्प्युटरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन । 

जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर थापाले दोलखामा रहेको एक मात्र बाल गृह गौरीशङ्कर र आमाको माया छात्रबासमा रहेका अभिभावकबिहिन बालबालिकाहरुलाई समेत स्कुल ब्याग सहितका स्टेशनरी र खाजाको प्याकेज समेत बितरण गरेको अभियन्ता बस्नेतले जानकारी दिए ।

समाजसेवी थापाले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बालबालिकाहरुसँग खुसी साट्न पाउदा आत्मसन्तुष्टि भएको अनुभुति गरेको बताउँदै आजको एक्काइसौं शताब्दिमा बालबालिकाहरु आधुनिक तरीकाबाट प्रबिधिमैत्री वातावरणमा पढ्नको लागि आफुले कोसेली स्वरुप सहयोग उपलब्ध गराएको र विद्यार्थीहरुले कोसेलीलाइ सदुपयोग गर्न समेत आग्रह गरे । शिक्षाप्रेमी थापाले आगामी दिनहरुमा बालबालिका विद्यार्थीहरुका लागि छात्रबृत्ति समेतको व्यवस्थापन गरी बालबालिकाहरुमाझ उपस्थिति हुने समेत प्रतिबद्धता व्यक्त गरे। 

थापाले यसअघि पनि गरीब ,बिपन्न्,अभिभावकबिहिन बालबालिका,जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीसहित खाद्यन्न सामग्री र लत्ताकपडा समेतको व्यवस्थापन गरेका छन । 

नेपाली काङ्ग्रेस दोलखाका  पुर्वपार्टी कोषाध्यक्ष, एवम नेपाली काङ्ग्रेस दोलखाका पुर्व महाधिवेशन प्रतिनिधि समेतको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरीकेका  थापा आफ्नो कठोर श्रमको कमाई समाजसेवामा लगानी गर्नसक्ने ,धेरै बेसाहराहरुको साहरा, असायहरुको बैशाखी बनेर आफ्नो दुःख र पीडाको कुनै पर्वाह नगरी अरूको भलाई र खुशीका लागि समर्पित भएको प्रस्ट देख्न सकिन्छ्।