काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिमेकी राष्ट्र भारतको भ्रमणमा जाने भएका छन् । मन्त्री ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका हुन् ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुनको लागि उनी भारत भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणको बेला नेपाल तथा भारतबीचका बृहत् विषयहरुमा छलफल हुने बताइएको छ । साथै, उनले भारत भ्रमणमा जाँदा राजनीतिक भेटघाट पनि गर्ने बुझिएको छ ।

मन्त्री ज्ञवालीको भारत भ्रमणबारे परराष्ट्रले भने केही औपचारिक घोषणा गरेको छैन ।

यसअघि आयोगको पाँचौं बैठक काठमाडौँमा भएको थियो । उक्त बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।