कोरोना भाइरसलाई जित्दै १ लाख ८ हजार मानिस निको भए
एजेन्सी - विश्वभर कोरोना भाइरसले बितन्डा मच्चाइरहेको छ । चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको यो भाइरस विश्वका थुप्रै देशहरुमा फैलिएको छ ।
यस भाइरसबाट विश्वमा ४ लाख २१ हजार ३ सय १७ जना संक्रमित छन् भने १८ हजार ८ सय १० जनाले यस भाइरसबाट ज्यान गुमाएका छन् । यता विश्वभरका १ लाख ८ हजार ३ सय ७८ जनाले यस भाइरसलाई जित्दै निको भएका छन् ।
यस भाइरसले इटालीमा सबैभन्दा बढी प्रभाव पारेको छ । ६९ हजार १ सय ७६ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ८ सय २० जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् ।
चीनमा नयाँ बिरामी देखा परेका छैनन् भने चीनले लकडाउन खुला गर्नतर्फ लागेको छ । हालसम्म चीनमा ८१ हजार १ सय ७१ मा यो भाइरसको संक्रमण देखिएको छ जसमा ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।
७३ हजार १ सय ५९ जना चीनमा निको भएका छन् । अमेरिकामा ५३ हजार ६ सय ९ जनाको कोरोना पोजिटिभ देखिएको छ भने ६ सय ९८ जनाको ज्यान गएको छ । अन्य केही प्रभावित देशहरुको लागि तल हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस