कोरोना : इटालीमा एकैदिन ६२७ जनाको मृत्यु
काठमाडौं - कोरोना भाइरसको संक्रमण युरोपेली देशमा तिव्र रुपमा फैलिएको छ । चीनको वुहानबाट फैलिएको उक्त भाइरसले अहिलेसम्म युरोपमा मात्रा ५ हजार बढीको ज्यान लिएको छ ।
इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।
शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।
त्यस्तै, युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस