बजेटमाथि छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०२-२० ०९:२७ मा प्रकाशित
Total Shares: 74
काठमाडौं - सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
संसद्मा प्रस्तुत बजेटमाथि छलफलका लागि सोमबार दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बैठक बोलाइएको हो । बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरेका थिए।
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन् । प्रतिनिधिसभा बैठक भोलि बस्दैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस