मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सुको सम्भावना
खबर एक्सप्रेस
२०८०-०८-२३ ०८:३० मा प्रकाशित
Total Shares: 75
काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसरकारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
फेसबुक पेज Like गर्नुहोस