चितवन–३ मा सोविता गौतमको अग्रता कायमै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 34
चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।
पछिल्लो सार्वजनिक मतपरिणामअनुसार गौतमले २ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले १ हजार ७ सय ८६ मत पाएकी छन्। दुवैबीच ८ सय ३ मतको अन्तर रहेको छ ।
त्यस्तै, नेकपा एमालेका शंकर थपलियाले ५ सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका टेक प्रसाद गुरुङ ले २ सय ७५ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मगरले १ सय १३ मत प्राप्त गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस