काठमाडौं-काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्लेस्थित भुवनेश्वरी मन्दिर नजिक माइक्रो बस 'ब्रेक फेल' भएर पल्टिँदा ८ महिला घाइते भएका छन्। 

काभ्रेपलाञ्चोकको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रो बस उक्कालोमा ब्रेक फेल भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा उक्त दुर्घटना भएका काठमाडौँ प्रहरीले थाहाखबरलाई जानकारी दिएको छ। 

दिउँसो १ बजे भएको दुर्घटनाका घाइतेको अहिले मेगा ग्रीनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।