'राजनीतिक अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ'
खबर एक्सप्रेस
२०८१-०६-१० ०७:११ मा प्रकाशित
Total Shares: 74
वीरगन्ज - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्थाको माग गरेका छन् ।
बुधबार वीरगन्जमा जनमत पार्टी पर्साले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राउतले यस्तो माग गरेका हुन् ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गरिएमा राजनीतिक अस्थिरता अन्त्य हुने र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।
संवैधानिक निकायका प्रमुहरू पनि जनताद्वारा नै प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग जनमत पार्टीको रहेको अध्यक्ष राउतले स्पष्ट पारे ।

.gif)




फेसबुक पेज Like गर्नुहोस