काठमाडौं - सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ बढाएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले वृद्धि गरेको हो ।

जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन्।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ ।