प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक
खबर एक्सप्रेस
२०७७-०९-०५ १२:२० मा प्रकाशित
Total Shares: 273
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।
कांग्रेस नेता राधेश्याम अधिकारीका अनुसार सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे नेताहरु छलफलमा जुट्न लागेका हुन्।
प्रधानमन्त्रीको कदमबारे धारणा बनाउन र अबको बाटो तय गर्न बैठक बस्न लागेको हो। नेकपाका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसिरहेका छन्।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस