काठमाडौं - मकवानपुरको बागमती गाउँपालिका-५, सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । ६० वर्षीय अक्क्लबहादुर स्याङतान र उनकी २२ वर्षीर्या छोरी शिला पहरीको शव हरीहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । मंगलबार आएको पहिरोमा परी अक्कलबहादुरकी पत्नी सन्तमायाको उद्धारपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१, कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो ।