काठमाडौं-नेकपा माओवादी केन्द्रले नेसपाका १५ नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केहीदिन पहिले पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

२० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए ।

बैठकमा नेसपाका नेता कार्यकर्ता समायोजन बारे छलफल भएको सचिव श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा पार्टीका नेताहरूको समायोजन बारे कुरा भयो । मैले हाम्रो तर्फबाट निर्णय गर्न केही समय मागेको छु,’ उनले भने ।