फिनल्यान्डमा यी किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेर के काम गरिन् ?
काठमाडौं, एजेन्सी - काठमाडौं फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले १६ वर्षीया आधा मुर्टोलाई बुधवार एक दिनका लागि प्रधानमन्त्री बनाएकी छन् ।
किशोरीहरूको अधिकार प्रवर्द्धन अभियान अन्तर्गत उनले यसो गरेकी हुन् । दक्षिणी फिनल्यान्डकी आभा मुर्टोले संसद् भवनको भर्याङमा मिडियाको सामना गर्दै उत्साहपूर्ण दिन भएको बताइन् ।
आफूले कानून निर्माणका सम्बन्धमा नयाँ कुरहरू सिकेको उनको भनाइ छ । मुर्टो जलवायु र मानवअधिकारका विषयमा सक्रिय अभियान चलाउने गर्छिन् । बुधवार दिउँसो उनले सांसदहरू तथा विकास र अन्तर्राष्ट्रिय व्यापार मन्त्रीसँग चर्चा गरिन् ।
किशोरीहरूले आफू कति महत्त्वपूर्ण छौं भन्ने कुरा बुझ्नुपर्ने र किशोरहरू जत्तिकै प्रविधिमा सक्षम छन् भन्ने थाहा पाउनुपर्ने उनले बताइन् ।
प्लान इन्टरनेसनल नामक संस्थाले संसारभरि गर्ल्स टेकओभर नामक अभियान चलाएर किशोरीहरूको डिजिटल क्षमता तथा प्राविधिक उद्योगमा अवसरका विषयमा अनि महिलाविरुद्ध हुने अन्लाइन दुर्व्यवहारका विरुद्धमा सचेतनाका फैलाउने गरेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस