काठमाडौं आइपुग्यो चिनियाँ उपमन्त्रीको टोली
खबर एक्सप्रेस
२०७७-०९-१२ १२:२४ मा प्रकाशित
Total Shares: 438
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आइपुगेका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो ।
उपमन्त्री यझाउ नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौँ बसाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।
सत्तारूढ दल नेकपा औपचारिक विभाजनको अन्तिम संघारमा रहेको बेलामा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणलाई अर्थपूर्र्ण ढंगले हेरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस