काठमाडौंमा जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द हुने
खबर एक्सप्रेस
२०८०-०१-३० ०८:३६ मा प्रकाशित
Total Shares: 185
काठमाडौं - काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ ।
आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले जानकारी दिए ।
उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरू गरिने बताए ।
फेसबुक पेज Like गर्नुहोस