काठमाडौैं - लोकसेवा आयोगमा मंगलबार साँझसम्म ४० लाख ४० हजार १६३ जनाले आवेदन दिएका छन्।  हालसम्म लोकसेवाले दरखास्तबाट १४ करोड ४ लाख ११ हजार १५० रुपैया राजस्व संकलन गरेको आयोगले जनाएको छ।

त्यस्तै समावेशी तर्फपनि उल्लेख्य आवेदन परेको आयोगले जनाएको छ। जसअनुसार एक लाख २ हजार २३६ जनाले मधेशी कोटामा फाराम भरेको आयोगको भनाइ छ। त्यस्तै महिला तर्फ २ लाख ९४ हजार ५ सय ८० जनाले दरखास्त दिएका छन्।

जनजातीको कोटामा १ लाख ३६ हजार १ सय ५३ जनाले फाराम भरेका छन् भने दलित कोटाबाट २१ हजार २ सय २८ जनाले दरखास्त दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

  लोक सेवा आयोगले आव्हान गरेको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको छ। यस अवधिमा खलाका साथै समावेशी समूहअन्र्तगतका महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपांग तथा पिछडिएको क्षेत्र अनर्तगतका समावेशी समूमा उल्लेख्य मात्रामा आवेदन परेको आयोगका प्रवता शर्माले बताए।