काठमाडौं,धनगढी - बाजुरामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जगन्नाथ गाउँपालिका-२ को एक निजी स्कुलमा पढाउने कञ्चनपुरका भीम ठगुन्ना पक्राउ परेका हुन् ।

बालिकाको परिवारसहित बस्दै आएको होटलमा खाजा खान पुगेका उनले माघ २० गते राति जबरजस्ती करणी गरेको भन्दै आफन्तले २३ गते प्रहरीकहाँ जाहेरी दिएका थिए ।

आफन्तको जोहरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक धनदेव साउदले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।