काठमाडौं - मुगुको कलाई केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान दुई घण्टाभित्र दुई पटक भूकम्प गएको हो ।
केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो।
त्यसपछि बिहान ४ः२८ बजे सोही स्थान वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।

.gif)


