काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सांगठनिक एकता र राजनीतिक नियुक्तिबारे छलफल भएको छ । तर, चर्चामा रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, 'सचिवालयको आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्रीले कुनै जानकारी भएको छैन। दुई अध्यक्षबीच कुनै छलफल भइरहेको होला'

यस्तै, २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न नेकपाले आग्रह गरेको उनले बताए ।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने उनले जानकारी दिए।