काठमाडौं - नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले गरेको पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता भएको छ ।

केही समयअघि पत्र दर्ता भएको निर्वाचन आयोगका दिनेशकुमार थपलियाले जानकारी दिए ।

ओली समूहको आज बालुवाटारमा बसेको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको थियो । जसमा ओलीद्वारा मनोनयन ५५६ सदस्यले सपथग्रहणसमेत गरेका थिए ।