काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पीसीआर विधिको परीक्षण बढाउन माग गर्दै सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

त्यस्तै उनीहरु माथि पानीको फोहोरा समेत हानिएको छ। केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।