यस्तो छ नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको जवाफी प्रस्ताव
खबर एक्सप्रेस
२०७७-०८-१३ ०४:१४ मा प्रकाशित
Total Shares: 397
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा लिखित जवाफ पेश गरेका छन् ।
शनिबार दिउँसो बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बन्द खाममा राखेर जवाफी प्रस्ताव पेश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १९ पृष्ठ प्रस्ताव र आरोपपत्र अस्वीकार गरी प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो भनाइ राखेका हुन् ।
अब अर्को बैठक मंसिर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । उक्त बैठकमा दुवै प्रस्तावको अध्ययन गरेर छलफल गरिने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस