काठमाडौं - अमेरिकाको न्यूयोर्क राज्यमा बस्दै आएका दुई नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनीहरुको कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । 

दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ। उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ। 

त्यस्तै, अर्का नेपाली ४७ वर्षका रहेका र उनी न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए । 

अमेरिकामा हालसम्म ३५ हजार ६० जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४५७ जनाको मृत्यु भइसकेको छ ।