प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
खबर एक्सप्रेस
२०७८-०९-०३ ०५:१३ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । यद्यपी, बैठक बोलाइनुको कारण भने खुलाइएको छैन ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बैठकमा संसद् अवरोध र एमसीसीको विषयमा छलफल हुनसक्ने स्रोतको दावी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस