ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर ‘हाई अलर्ट’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।
सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको एक उच्च सुरक्षा अधिकृतले जानकारी दिए ।
'अन्य अवस्था भन्दा अहिले देश गम्भिर मोडमा छ, जुनसुकै बेला जेपनि हुनसक्छ । त्यसकारण सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।' ती अधिकृतले भने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।
फेसबुक पेज Like गर्नुहोस