काठमाडौं,एजेन्सी-पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ ।

बढ्दो तनावको बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज बस्न लागेको हो ।

सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे ‘बन्द कोठा’ मा छलफल गर्ने बताइएको छ ।

आइतबार पाकिस्तानको विदेश कार्यालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको थियो ।