अपहरण नगरेको भन्दै बस्नेत, किसान र खनालले मानव अधिकार आयोगमा दिए उजुरी
खबर एक्सप्रेस
२०७७-०१-२२ ०२:१९ मा प्रकाशित
Total Shares: 432
काठमाडौं - सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
निर्दोष बताउँदै उनीहरुले सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन् ।
यसअघि अपहरणमा परेका भनिएका यादवले पनि बस्नेत र श्रेष्ठ तथा खनालले अपहरण गरेको भन्दै १८ गते आयोगमा उजुरी दिएका थिए । त्यसको चारदिन (आज)मा आरोपित नै आयोगमा गएर निर्दोष छौँ भन्दै उजुरी दर्ता गराएका हुन् ।
महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस