काठमाडौं - बैंक ठगीको आरोपमा एमालेको केन्द्रीय सदस्य पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रलाई पक्राउ गरेको हो ।

उनी कर्णाली विकास बैंकका पूर्वअध्यक्ष हुन्। बैंकको घोटालमा उनको पनि संलग्नता देखिएपछि सिआइबीले नेपालगञ्जबाट उनलाई पक्राउ गरेको हो।

यसअघि सो बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहितलाई पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ।