पार्टी अलग-अलग गरौं भन्ने कुरा सही होइन : नारायणकाजी श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही नभएको बताएका छन् ।
मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गरौं भन्दै नेताहरुलाई आह्वानसमेत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, 'सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं। पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं ।राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं ।'
पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न नदिन पनि श्रेष्ठले आग्रह गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस