कोरानाका कारण वरिष्ठ वैज्ञानिकको मृत्यु
काठमाडौं - दक्षिण अफ्रिकाकी वरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा उनको मंगलबार मृत्यु भएको बताइएको छ ।
औरुम इन्स्टिच्युटमा प्रमुख वैज्ञानिकका रुपमा कार्यरत प्रोफेसर रामजी मार्च मध्यतिर बेलायतबाट दक्षिण अफ्रिका फर्किएपछि बिरामी भएकी थिइन् । 'उनले आफ्नो जीवनको लामो समय एचआईभी रोकथामका लागि समर्पण गरेकी थिइन्, उनका साथी गाभिन चुर्चीयार्डले बीबीसीसँग भने ।
त्यसैगरी युएनएडका प्रमुख विनी ब्यानीमाले संसारलाई प्रोफेसर रामजीजस्तै मानिस खोजिरहेका बेला भएको उनको निधनले विश्वलाई ठूलो क्षति भएको बताइन् ।
ठूलो संख्यामा एचआईभी संक्रमित भएको दक्षिण अफ्रिका अहिले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता लामो लकडाउनमा छ ।
फेसबुक पेज Like गर्नुहोस