बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं - प्रतिनिधि सभाको निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतसहित सरकार गठनको तयारीमा जुटेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको हो ।
निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह अब देशको नेतृत्व सम्हाल्ने निश्चित भएको छ।
पार्टीले चैत १३ गते शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने टुंगो लगाएको छ।
राजधानीस्थित रोयल सिंगी होटलमा बसेको रास्वपा नेताहरूको छलफलले सरकार गठनको कार्यतालिका तय गरेको हो।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेसँगै त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने निर्णय भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस