एमाले निकट अनेरास्ववियुको महाधिवेशन आज, प्रधानमन्त्री ओली उद्घाटन गर्ने
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ ।
महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेका हुन् । महाधिवेशनको उदघाटन कार्यक्रम त्रिभुवन विश्वविद्यालय परिसरमा हुनेछ ।
महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।
अध्यक्ष केपी शर्मा ओलीले दाबेदारको संख्या घटाउन र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएकाले जनसंगठन समन्वय संयन्त्रले सहमतिको प्रयास जारी राखेको छ ।
फेसबुक पेज Like गर्नुहोस