एजेन्सी - चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आएको अवस्था रहेको छ । तर, पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि चीन सरकारले चिन्ता व्यक्त गरेको छ । बुधबारमात्रै ६३ जना नयाँ संक्रमित फेला परेसँगै त्रासको अवस्था सिर्जना भएको बताइएको छ ।

कोरोना भाइरस लगभग नियन्त्रणमा आएसँगै चीन सरकारले उहानमा लकडाउन हटाएको थियो । तर, विदेशबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण फेला परेपछि पुनः चीनमा कोरोना फैलिने त्रास बढेको हो ।

बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हालसम्म नयाँ संक्रमितको संख्या एक हजार कटेको छ । हालसम्म चीनमा ३३३५ जनाको मृत्यु भएको छ ।

ठुलो संकटलाई विस्तारै पार लगाउन प्रयास गरिरहेको चीनले विदेशबाट आउने व्यक्तिबाट फेरि चीनमा ठुलो चुनौती आउने सम्भावना पनि उत्तिकै रहेको अधिकारीहरुले बताएका छन् ।