काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी यतिबेला भूकम्प प्रभावित म्यानमारको माण्डले शहरमा छन् ।

वितग दुई सातादेखि डा.केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन् ।

२०२५ मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । यो भूकम्पले सागाइन र माण्डले प्रदेशका साथै म्यानमारको राजधानी नेपितोमा ठूलो क्षति पुर्‍याएको छ ।

हाडजोर्नी विशेषज्ञ डा.केसी मानवीय सहयोगका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उनका सहयोगीले जानकारी दिएका छन् ।

यो म्यानमारको दोस्रो ठूलो शहर हो । म्यानमार सरकारले सार्वजनिक गरेको विववरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब चार हजार छ ।

अझै धेरै व्यक्तिहरू हराइरहेको विभिन्न संघ, संस्थाहरूले रिपोर्ट निकालिरहेका छन् ।