‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत फेला, पब्जी खेल्ने क्रममा चिनजान
खबर एक्सप्रेस
२०७८-०९-२३ १०:२५ मा प्रकाशित
Total Shares: 248
काठमाडाैं - काठमाडाैंमा ‘लिभिङ टुगेदर’ बसेका दुई युवायुवती मृत फेला परेका छन् ।
बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।
हाल शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी भएकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस