काठमाडौं - वैदेशिक रोजगारीका लागि क्रोएसिया जान लागेका ११ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार उनीहरूलाई फिर्ता गरेको हो ।

कागजात नमिलेको कारण उनीहरूलाई रोकिएको बताइएको छ ।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि क्रोएसिया जानेहरूको संख्या बढ्दो छ ।