काठमाडौंबाट शव बोकेर गएकाे हेलिकप्टर खोटाङमा दुर्घटना
खबर एक्सप्रेस
२०८२-१२-०४ ०२:२६ मा प्रकाशित
Total Shares: 46
खोटाङ - खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको एयर डाइनेष्टीको हेलिकोप्टर बारीको डिलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा मानवीय क्षती नभएको बताइएकाे छ । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस