ओरालो लाग्यो सेयर बजार, आज ३.९० अंकले घट्यो
काठमाडौं - मंगलबारको नेप्से परिसूचक ३.९० अंक घटेको छ । २६५४ अंकमा कायम भएको नेप्से कारोबार रकममा भने उल्लेख्य कमी आएको छ ।
अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो ।
सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घटे ।
पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ७.७३, सामुदायिक लघुवित्तको ७.१३, अपरहेवाखोलाको ५.२८ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशत बढ्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.६२, नारायणी डेभलपमेन्ट बैंकको ३.९४, सिन्धु विकास बैंकको ३.७७, तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.२१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, ङादी ग्रुप, राधि विद्युत् र सोल्टी होटल क्रमशः अगाडि रहे ।
फेसबुक पेज Like गर्नुहोस