प्रधानमन्त्री ओली र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०१-२१ ०६:१२ मा प्रकाशित
Total Shares: 53
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो।
आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
फेसबुक पेज Like गर्नुहोस