काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला
खबर एक्सप्रेस
२०८०-०४-०३ ११:२५ मा प्रकाशित
Total Shares: 122
काठमाडौं-काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस