रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
खबर एक्सप्रेस
२०८२-०१-२१ ०९:२८ मा प्रकाशित
Total Shares: 62
काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरी हिरासतमा रहेका उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस