साउदीमा अनिश्चितकालिन कर्फ्यू
खबर एक्सप्रेस
२०७६-१२-२५ ०३:३९ मा प्रकाशित
Total Shares: 421
एजेन्सी - कोरोना भाइरस संक्रमण बढ्दै गएपछि साउदी अरब सरकारले अनिश्चितकालको लागि २४ घण्टे कर्फ्यू जारी गरेको छ।
सोमबार देखि जारी कर्फ्यू रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा जारी रहेको यहाँको गृह मन्त्रालयले जनाएको छ ।
यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्क्न आदेश दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस