काठमाडौं - नेपाल शिक्षक महासंघले मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।

शिक्षकहरूले चैत २० गते काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।

आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।