विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो
काठमाडौं, एजेन्सी - चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
यो समाचार तयार पार्दासम्म विश्वमा ९ करोड ११ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १९ लाख ३३ हजार ४४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ६ करोड ४४ लाख २४ हजार ४०९ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ लाख १८ हजार ९९७ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा २ हजार ८९१ जनाले ज्यान गुमाएका छन् । हालसम्म २ करोड २६ लाख ६९ हजार ४१६ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ८१ हजार १३६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै १ करोड ३३ लाख ७६ हजार ८७० संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस