काठमाडौं - काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको सनाखत हुन बाँकी छ ।

अहिले ग्यास चुहिएर भएको आगलागी आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो।