अमेरिका र इजरायलसँग युद्धविराम होइन, स्थायी अन्त्य चाहन्छौं : इरान
एजेन्सी - इरानले अमेरिका–इसराइलसँग ‘युद्धविराम नभई, युद्धको स्थायी अन्त्य’ चाहेको बताएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी समाचार संस्था क्योदो समाचारसँगको अन्तर्वार्तामा भने, ‘यस्तो कुनै पनि पहललाई हामी स्वागत गर्छौं जसले यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्छ ।’
उनले भने कि यो संघर्ष इरानमाथि ‘थोपिएको’ हो । अराघचीले थपे, ‘इरान त्यस्ता प्रस्तावहरू सुन्न र विचार गर्न तयार छ जसले युद्ध रोक्न सक्छ । केही देशहरूले मध्यपूर्वमा भइरहेको द्वन्द्वको समाधान खोजिरहेका छन् । तर अमेरिका आफ्नो आक्रामकता रोक्न तयार देखिँदैन।’
उनले स्पष्ट पारे, ‘इरान युद्धविराम चाहँदैन, बरु ‘पूर्ण, व्यापक र स्थायी रूपमा युद्धको अन्त्य’ चाहन्छ ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए कि उनी चाँडै इरानसँगको युद्ध अन्त्य गर्ने योजनामा छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका थिए कि अमेरिका आफ्ना लक्ष्यहरू हासिल गर्ने धेरै नजिक पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस